+
+
Shares
फिल्म फेस्टिभल :

आशा मगराती स्विट्जरल्याण्डको फ्रिबर्ग फिल्म फेस्टिभलको जुरीमा मनोनित

चैत १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘राजागञ्ज’अघि अभिनेत्री मगरातीलाई यो उपलब्धि प्राप्त भएको हो । दीपक रौनियार निर्देशित ‘राजागञ्ज’मा मगरातीको शीर्ष भूमिका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २४ गते १३:०१
भेनिस फेस्टिभल समारोहमा अभिनेत्री आशा मगराती ।

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली फिल्मलाई खुसीको खबर छ ! स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवले अभिनेत्री आशा मगरातीलाई कथानकतर्फको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित गरेको छ ।

महोत्सवले वेबसाइटमार्फत यसबारे जानकारी दिएको छ । चैत १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘राजागञ्ज’अघि अभिनेत्री मगरातीलाई यो उपलब्धि प्राप्त भएको हो । दीपक रौनियार निर्देशित ‘राजागञ्ज’मा मगरातीको शीर्ष भूमिका छ । यो फेस्टिभलमा सन् २०१७ मा मगरातीको अभिनय रहेको ‘सेतो सूर्य’ले ४ अवार्ड जितेको थियो ।

फेस्टिभलको ३९ औं संस्करणको कथानक प्रतिस्पर्धातर्फ नेपालबाट अभिनेत्री मगरातीसहित बेलायती छायाँकार डेरेक हडसन र स्वीस अभिनेत्री तथा पियानोवादक अन्ना पिएरी जुरचर पनि जुरी सदस्य छन् ।

यसवर्षको फ्रिबर्ग संस्करणमा पनि मगरातीको शीर्ष भूमिका रहेको ‘राजागञ्ज’ जनरा सिनेमा विधामा प्रिमियर हुँदैछ । चैत १ गते नेपालमा फिल्म रिलिज भएपछि आशा फेस्टिभलका लागि स्विट्जरल्याण्ड जाने भएकी छन् । यतिबेला उनी फिल्म प्रवद्र्धनका लागि देशब्यापी दौडाहामा ब्यस्त छिन् ।

यसवर्षको फिबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल मार्चको २१ देखि ३० सम्म स्विटजरल्याण्डमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?