२५ फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा सुरु हुँदैछ । लुम्बिनीका तीन विभिन्न स्थानमा खेलहरू सञ्चालन हुनेछन् ।
राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो ।
उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ । आज पहिलो दिन तीन खेल हुँदै छन् ।
सिदार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेक ओभल मैदानमा बागमती प्रदेश र एपीएफ तथा देउखुरीमा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्ने छन् ।
सबै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन् ।
गत संस्करणको पीएम कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।
प्रतिक्रिया 4