+
+
Shares

नोक्सानमा रहेको दोर्दीखोला हाइड्रोपावरले ऋण तिर्न हकप्रद सेयर ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते ९:२३

२५ फागुन, काठमाडौं । नोक्सानीमा रहेको, कमजोर वित्तीय स्थिति रहेको दोर्दीखोला हाइड्रोपावर कम्पनीले चैत १९ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनबाट त्यति नै पैसा संकलन गर्दैछ । सो पैसा दीर्घकालीन ऋण तिर्न प्रयोग गर्ने कम्पनीले जनाएको छ ।

विभिन्न बैंकमा १ अर्ब ७४ करोड रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ । हकप्रद निष्कासनको रकमबाट पनि पूरै ऋण चुक्ता हुँदैन । फागुन १४ गतेसम्म कायम सेयरधनीले अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

पुस मसान्तसम्म यो कम्पनी ८० लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा छ । हाल प्रतिसेयर नेटवर्थ १ सयभन्दा पनि कम अर्थात् जम्मा ८५ रुपैयाँ ५३ पैसा छ भने वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा ऋणात्मक छ ।

यस्तो कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएर शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?