+

वुमन्स डे कप : युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

२०८१ फागुन  २५ गते १४:१६ २०८१ फागुन २५ गते १४:१६
वुमन्स डे कप : युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

२५ फागुन, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युगाण्डासँग खेलिरहेको छ ।

जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो ।

नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन् ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

वुमन्स डे कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय