+

दिपेन्द्र रावतको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

२०८१ फागुन  २५ गते १६:३३ २०८१ फागुन २५ गते १६:३३
दिपेन्द्र रावतको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

२५ फागुन, काठमाडौं । आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको पीएम कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले शानदार जित निकालेको छ ।

कर्णालीले सुदूरपश्चिमलाई ७९ रनले हराएको हो । कर्णालीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमा अलआउट भएको हो । सुदूरका लागि खडक बोहराले सर्वाधिक २७ रन बनाए । किरण ठगुन्ना र शेर मल्लले समान १३ रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले ९ ओभरमा ३३ रन दिएर ७ विकेट लिए । दिवान पुनले २ विकेट लिए ।

त्यसअघि वर्षाले मैदान भिजेका कारण ढिला गरी सुरु भएको खेल ४३ ओभरमा झारिएको थियो । टस जितेर ब्याटिङ गरेको कर्णालीले ४०.४ ओभरमा अलआउट हुँदै १५५ रन बनाएको थियो ।

अर्जुन घर्तीले ७१ रन बनाएका थिए । सुदूरका हेमन्त धामीले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए । नारायण जोशीले २ तथा शेर मल्ल, मिलन बोहरा र भोजराज भट्टले १-१ विकेट लिए ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय