+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बालसेना सम्बन्धी विवाद सर्वोच्चको पूर्ण इजलासमा

माओवादीका पूर्वलडाकु लेनिन विष्टले दुई वर्षअघि संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकुल नभएको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १८:२४

२५ फागुन, काठमाडौं । संक्रमणकालीन न्यायसँग बालसेनाको सरोकार पनि जोड्नुपर्ने माग सहितको विवाद अब सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश हुने भएको छ ।

सर्वोच्चको संयुक्त इजलासले संक्रमणकालीन न्यायका विषयमा बालसेनाको सरोकार सम्बोधन गर्नुपर्ने माग सहितको रिट निवेदन पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो ।

माओवादीका पूर्वलडाकु लेनिन विष्टले दुई वर्षअघि संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकुल नभएको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

द्वन्द्वकालीन बालसेनाको पहिचान समाप्त गरेको र बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाबाट हटाएको भन्दै उनले त्यसलाई समावेश गर्न माग गरेका हुन् ।

विष्टले बालसेनामा भर्ती गर्ने काममा संलग्नहरूमाथि छानविन गरी कारबाही गर्नुपर्ने भएकाले कानुनमा त्यससम्बन्धी व्यवस्था समावेश हुनुपर्ने जिकिर गरेका थिए । उनले १० वर्षे द्वन्द्वकालका बालसेनाको माग र सवाल सम्बोधन हुनुपर्ने दावी गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि उक्त रिट निवेदन तीन वा त्यो भन्दा बढी न्यायाधीश संलग्न पूर्ण इजलासमा रिट निवेदन पेश हुनेछ । दुई न्यायाधीशहरूबीच राय बाझिएमा वा गम्भीर कानुनी प्रश्न देखिएमा मुद्दालाई पूर्ण इजलासमा पठाउने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?