२६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले झिनो अन्तरको जित निकालेको छ । घरेलु मैदानमा चेल्सीले लेस्टर सिटीलाई १-० ले हराएको हो ।
चेल्सीको जितमा मार्क कुकरेलाले ६०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेल अवधिभर पोसेसनसहित आक्रमणमा अगाडि रहेको चेल्सीले १ गोल मात्र गरेको हो ।
जितपछि २८ खेलमा ४९ अंकसहित चेल्सी चौथो स्थानमा उक्लिएको छ । लेस्टर १७ अंकसहित १९औं स्थानमा छ ।
अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले बराबरी खेलेका छन् । घरेलु मैदानमा युनाइटेडलाई आर्सनलले १-१ बराबरीमा रोकेको हो ।
खेलको पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा डेक्लान राइसले गोल गर्दै खेल बराबरी गरे ।
बराबरीपछि दोस्रो स्थानको आर्सनलको २८ खेलबाट ५५ अंक भएको छ । युनाइटेड ३४ अंकसहित १४औं स्थानमा छ ।
प्रतिक्रिया 4