+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

आन्तरिक रोजगार प्रवर्द्धन दशक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १२:२६

२६ फागुन, काठमाडौं । सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५–२०३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम पनि शुभारम्भ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त ढंगले रोजगारीको अवसर सिर्जना गर्न र उद्यमशीलतालाई बढाउन सरकार क्रियाशील रहेको बताए ।

सरकारले उपयुक्त ढंगले ‘स्टार्टअप बिजनेस’ सिकाउन नसकेको भन्दै उनले यसतर्फ सरकारको सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?