२६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू भइरहेका छन् ।
दाङको देउखुरीमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचको खेल भइरहेको छ । गण्डकीले सुदूरलाई २२१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनायो । दीपक डुम्रेले सर्वाधिक ६० रन बनाए भने अर्जुन कुमालले ५७ रन बनाए ।
सुदूरका शेर मल्लले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा २१ रन दिएर २ विकेट लिए । हेमन्त धामी, मिलन बोहरा र अर्जुन बिकले १-१ विकेट लिए ।
प्रतिक्रिया 4