+
पीएम कप क्रिकेट :

भुर्तेल र आरिफको अर्धशतकमा पुलिसको प्रतिस्पर्धात्मक योगफल

२०८१ फागुन  २६ गते १२:५५ २०८१ फागुन २६ गते १२:५५
भुर्तेल र आरिफको अर्धशतकमा पुलिसको प्रतिस्पर्धात्मक योगफल

२६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू भइरहेका छन् ।

भैरहवास्थित एक्स्ट्राटेक ओभल मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल भइरहेको छ । पुलिसले लुम्बिनीलाई २५० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाएर २४९ रन बनायो । कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए भने आरिफ शेखले ५६ रन बनाए ।

लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ३८ रन दिएर ३ विकेट लिए । कृष्ण कार्कीले ६ ओभरमा ४० रन दिएर ३ विकेट लिए ।

यसअघि लुम्बिनीले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो । पुलिस पहिलो खेल खेल्दैछ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय