+

बिना जानकारी कार्यालय नआएपछि विशेषज्ञ चिकित्सकलाई सेवाबाट हटाउने तयारी

२०८१ फागुन  २६ गते १२:०६ २०८१ फागुन २६ गते १२:०६
बिना जानकारी कार्यालय नआएपछि विशेषज्ञ चिकित्सकलाई सेवाबाट हटाउने तयारी

२६, फागनु, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी क्षेत्रीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

नवौँ तहका क्षेत्री गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ । यही फागुन १० गते सूचना प्रकाशित गरी उनलाई पहिलो पटक स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरणका लागि ७

दिनको म्याद दिइएको थियो ।

फागुन १५ मा क्षेत्रीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले आज दोस्रो पटक सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण सोधेको हो ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ उपदफा १ खण्ड (ज) को व्यवस्था बमोजिम सेवाबाट किन नहटाउने भन्दै १५ दिने स्पष्टीकरण सोधिएको छ ।

डा.सन्तोष क्षेत्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय