
२६ फागुन, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् ।
जिल्लाको इस्मा गाउँपालिका– ६ बुल्म निवासी ४३ वर्षको नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार बिहान कच्ची मोटरबाटोमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4