+
+
Shares

युट्युबले डिलिट गर्‍यो ५६ लाख भिडियो, यसरी जोगिनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते २१:०५

काठमाडौं । लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताको सुरक्षा तथा सकारात्मक अनुभव प्राप्तिका लागि विभिन्न नियम तथा नीतिहरु लागु गर्दछ । साथै युट्युबले आफ्नो नीति उल्लंघन गरेको आरोपमा समय समयमा भिडियो तथा युट्युब अकाउन्टहरुलाई पनि डिलिट गर्ने गर्छ । हालै युट्युबले करीब ५६ लाख भिडियो डिलिट गरेको छ भने करीब ५ लाख अकाउन्ट पनि डिलिट गरिदिएको छ ।

युट्युबमा भिडियो डिलिट हुनाका विभिन्न कारण हुनसक्छन् । कुन कुन कारणले युट्युब भिडियो डिलिट हुनसक्छन् र युट्युब क्रिएटर्सले के कुरामा ध्यान दिनुपर्छ त ? मूख्य १० कुरा यस्ता छन्ः

  • कपीराइटको उल्लंघन : यदि युट्युबमा अपलोड गरिएको भिडियोले अरु कोही व्यक्तिको प्रतिलिपि अधिकारयुक्त सामाग्री प्रयोग गरिएको भएमा त्यस्तो सामाग्री डिलिट हुनसक्छ । त्यसैले क्रियटर्सहरुले आफ्नो मौलिक सिर्जना वा अनुमतिप्राप्त सामाग्रीहरु मात्रै युट्युबमा अपलोड गर्नुपर्दछ ।
  • स्पाम तथा धोकाधडीः स्पाम, धोकाधडी तथा भ्रामक सामाग्रीयुक्त भिडियोलाई युट्युबले च्यानलबाट तुरुन्तै हटाइदिन्छ । त्यसैले यदि तपाइँले युट्युबमा कुनै सामाग्री अपलोड गर्दै हुनुहुन्छ भने त्यसमा प्रष्ट तथा इमान्दार हुनुपर्दछ ।
  • हिंश्रक तथा आपत्तीजनक सामाग्री : हिंसा, आत्महत्या तथा अन्य आपत्तीजनक विषयहरुमा आधारित भिडियोलाई युट्युबले अनुमति दिँदैन । त्यसैले सर्जकहरुले यस्ता संवेदनशील विषयका भिडियोहरुबाट जोगिनुपर्छ।
  • नग्नता तथा यौन सामाग्री : नग्न, अश्लील् तथा यौन सामाग्री समावेश गरिएका भिडियोहरुलाई पनि युट्युबले डिलिट गरिदिन्छ । त्यसैले युट्युबमा त्यस्ता सामाग्रीहरु राख्नु हुँदैन ।
  • बच्चाका लागि अनुपयुक्त सामाग्री : बालबालिकालाई आघात पुग्ने, उनीहरुको सुरक्षा तथा गोपनियतामा असर पर्ने लगायतका सामाग्रीहरु पनि युट्युबको नीति विपरित हुन्छन्। त्यस्ता सामाग्रीहरु अपलोड गरेमा युट्युबले भिडियो मात्र होइन च्यानल नै निलम्बन गररिदिन सक्छ ।
  • धार्मिक तथा जातीय घृणा फैलाउने सामाग्री : कुनै विशेष धर्म, जाती वा समुदायको विरुद्धमा घृणा फैलाउने खालका भिडियोहरु पनि युट्युबले हटाइदिन्छ । त्यसैले हरेक क्रियटर्सले सबै समुदायलाई सम्मान गर्नुपर्छ ।
  • गलत सूचना : गलत वा भ्रामक जानकारी फैलाउने सामाग्रीहरु पनि युट्युबको नियम विपरित हुन्छन् । त्यसैले युट्युबमा कुनै सामाग्री राख्दा त्यसको सत्यता जाँच अवश्य गर्नुपर्छ ।
  • आफैलाई हानी पूराउने सामाग्रीः आत्मघाती तथा आत्महानिकारक र आत्महत्यालाई बढावा दिने खालका भिडियो युट्युबमा अपलोड गर्न पाइँदैन । त्यस्ता सामाग्रीलाई युट्युबले सख्त रुपमा कारवाही ग्र्दछ ।
  • अरु प्रयोगकर्ताको गोपनियताको उल्लंघनः यदि भिडियोमा अरु कुनै व्यक्तिको गोपनियताको उल्लंघन भयो भने त्यसलाई डिलिट गर्न सकिन्छ । सर्जकहरुले अरुको अनुमति विना उनीहरुका गोप्य कुरा शेयर गर्नु हुँदैन ।
  • युट्युबका नीतिको उल्लंघनः युट्युबका सबै नीतिहरुको पालना नगर्दा पनि युट्युब च्यानलबाट भिडियो डिलिट हुनसक्छ। त्यसैले युट्युब क्रियटर्सले प्लाटफर्मका सबै नीति नियम तथा निर्देशनहरु ध्यानपूर्वक पढेर पालना गर्नुपर्छ। एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?