+
+
Shares

आमसञ्चार विधेयकमाथि दफावार छलफल संसदीय समितिमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १०:१७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ

२७ फागुन, काठमाडौं । आमसञ्चार विधेयकमाथि दफावार छलफल संसदीय समितिमा हुने भएको छ । मंगलबार बस्ने प्रतिनिधि सभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय विषयगत समितिमा पठाउने कार्यसूची छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसका अलावा प्रतिनिधि सभामा उपभोक्ता अदालत गठनको सूचना संसदमा टेबुल गर्ने कार्यक्रम छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठन सम्बन्धी सूचना टेबुल कार्य सम्भावित कार्यसूची छ ।

मंगलबार मोन्ट्रियल प्रोटोकल किगाली संशोधन संसदले अनुमोदन गर्ने कार्यक्रम पनि छ ।

प्रतिनिधि सभाको बैठकमा वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन अनुमोदन गर्न सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।

मोन्ट्रियल प्रोटोकल ओजोन तहको संरक्षणसँग सम्बन्धित छ । ओजोन तह नष्ट गर्ने रसायन तथा पदार्थको उत्पादन एवं खपत कम गर्ने यसको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?