+
+
Shares

स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते ११:०४

२७ फागुन, काठमाडौं । प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध २० प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका छन् ।

२० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । उक्त रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

रिट दायर गर्ने २०७० मा इन्सपेक्टरमा भर्ना भएकाहरु छन् । पर्यटन प्रहरी भृकुटीमण्डपमा कार्यरत रिपेन्द्र कुमार समेत २० जनाले स्टाफ कलेज कोर्स लागु गर्न नहुने माग गर्दै रिट दायर गरेका हुन् ।

नेपाल प्रहरीमा २०७० मा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु गर्ने तयारी गरिएको छ । त्रिविसँग सम्झौता गरेर प्रहरीले प्रक्रिया अघि बढाइसकेको छ ।

त्यसैगरी संसदमा दर्ता भएको प्रहरी विधेयकमा समेत स्टाफ कलेज लागु गर्नेबारे उल्लेख गरिएको छ । स्टाफ कलेज पास नहुनेले डीआईजी नबन्ने र एसएसपीमै घर जानुपर्ने विधेयकमा उल्लेख गरिएको छ ।

स्टाफ कलेजको रुपमा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस)मा कोर्समा गत २१ भदौमा हस्ताक्षर भएको थियो ।

त्यसविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रहरी एकेडेमीलाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । यसको पेशी मङ्गलबार दोस्रो नम्बरमै पालो परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?