+
+
Shares
फिल्म :

‘लाज शरणम्’ हेरेपछि धुर्मुसको प्रशंसामा बालेन : लास्टै मजा आयो

फिल्म हेरेपछि उनले अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’को प्रशंसा गरे । ‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो’ फिल्म हेरेपछि अभिनेता कट्टेलको प्रशंसामा बालेनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते ११:२३
फिल्मको शोमा निर्माता तथा कलाकार अर्जुन घिमिरे, बालेन शाह (बीचमा) र अभिनेता सीताराम कट्टेल ।

काठमाडौं । गायक तथा काठमाडौं महानगर प्रमुख बालेन शाहले आफ्नो गीत समावेश फिल्म ‘लाज शरणम्’ हेरेका छन् । १० वर्षअघिको उनको गीत ‘नेपाल हाँसेको’लाई कुमार कट्टेल निर्देशित फिल्मले ‘ओएसटी’को रुपमा प्रयोग गरेको छ ।

यो फिल्म हेर्न शाह दरबारमार्गस्थित क्यूएफएक्सको हलमा पुगेका थिए । फिल्म हेरेपछि उनले अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’को प्रशंसा गरे । ‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो’ फिल्म हेरेपछि अभिनेता कट्टेलको प्रशंसामा बालेनले भने ।

धुर्मुसलाई अँगाल्दै हाल्दै उनले भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।’

चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार फिल्मले प्रदर्शनको १२ दिनसम्म देशब्यापी ३ करोड ४७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो कमाइ अपेक्षाभन्दा न्यून हो ।

सुन तस्करीको कथावस्तुमा बनेको फिल्ममा सीतारामले शीर्ष भूमिका निर्वाह गरेका छन् । फिल्ममा महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । फिल्म जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?