+
+
Shares
संगीत :

कन्सर्टका घाइते भेट्न अस्पताल पुगे दुर्गेश, ३ महिनाको खर्च ब्यहोर्ने

बझाङका ती घाइतेको ३ महिनाको रासनपानी र कोठा भाडा तिर्ने वचन दुर्गेशले दिए । अस्पतालको खर्च चाहिँ आयोजकलाई बोलाएर तिराउन लगाउने पहल गर्ने समेत बताएका छन् । घाइतेका छोराको ३ महिना विद्यालय शुल्क पनि दुर्गेशले तिरिदिने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते ११:३८
मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर उनले घाइते भेटेर उनको उपचारमा पहल गर्ने र ३ महिनाको रासनपानी ब्यहोर्दिने प्रतिबद्धता जनाए ।

काठमाडौं । गायक दुर्गेश थापाले बुढानिलकण्ठको चुनिखेलमा भएको कन्सर्ट दुर्घटनाका घाइतेलाई मंगलबार अस्पताल पुगेर भेटेका छन् । उनले प्रस्तुति दिइरहँदा बार भत्किएर च्यापिएपछि ४ जना दर्शक घाइते भएका थिए ।

जसमध्ये एकजनाको खुट्टा भाँचिएको थियो । मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर उनले घाइते भेटेर उनको उपचारमा पहल गर्ने र ३ महिनाको रासनपानी ब्यहोर्दिने प्रतिबद्धता जनाए ।

बझाङका ती घाइतेको ३ महिनाको रासनपानी र कोठा भाडा तिर्ने वचन दुर्गेशले दिए । अस्पतालको खर्च चाहिँ आयोजकलाई बोलाएर तिराउन लगाउने पहल गर्ने समेत बताएका छन् । घाइतेका छोराको ३ महिना विद्यालय शुल्क पनि दुर्गेशले तिरिदिने भएका छन् ।

‘आज म जे छु, सबै दर्शकको कारणले हो’ अनलाइनखबरसँग दुर्गेशले भने । केही दिनअघि चुनिखेलमा आयोजित कन्सर्टमा दुर्गेशले प्रस्तुति दिएका थिए । ठूलो भीडले बारलाई धक्का दिएपछि बार भत्किएको थियो । च्यापिएका ४ जना घाइते भएका थिए ।

दुर्गेशको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?