+
+
Shares

रवि, कुलमान र बालेनको नाम लिएर संसद्‌मा सरकारको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १३:४५

२७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले भने, ‘७ महिना पहिले ७ बुँदे सम्झौताको आधारमा ७ दलको गठबन्धन बनेको आज २३९ दिन भयो । सडकमा असन्तुष्टि बढ्दैछ । किन त ?’

आफूहरूले सरकारको ध्यानाकर्षण गरिरहेको उनले बताए । रास्वपाका सभापति रवि लामिछाने, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगर पालिकाका प्रमुख बालेन शाहको नाम लिँदै उनले सरकारको आलोचना गरे ।

‘हामीले सरकारलाई जनतालाई माया गर्दिनुस् न भन्छौं । उहाँको कार्यकर्ताले रंगशालामा मान्छे कुट्छ,’ उनी भन्छन्, ‘हामी देशलाई माया गर्दिनस्, आशा र विश्वास जगाइदिनुुस् भन्छौं उहाँहरू कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ ।’

आफूले सहकारी पीडितले न्याय पाउनुपर्छ भन्दै आएको उनले बताए । उनले अघि भने, ‘हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उहाँहरू रविलाई थुन्यौं त भन्छ ।’

स्थानीय तहाई बलियो बनाउनुपर्छ भन्ने आफूहरूको मत रहेको उनको भनाइ छ । ‘हामी स्थानीय तहलाइ बलियो बनाइदिनुस् न भन्छौं बालेनको कर्मचारी खोसेँ त भन्नुहुन्छ,’ झाले भने ।

‘हामी सुशासन खै ? भन्छौं उहाँहरू कार्यकर्ताले प्रहरी कुट्दैछ त भन्नुहुन्छ । हामी विश्वविद्यालय बलियो बनाउँ, दलीयकरण नगरौं भन्छौं उहाँहरूको कार्यकर्ताले फर्निचर तोडफोड गर्नुहुन्छ,’ झाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?