+

एन्फा महासचिव राई विरुद्ध पूर्वअध्यक्ष थापाले अदालतमा पनि दिए उजुरी

२०८१ फागुन  २७ गते १४:४८ २०८१ फागुन २७ गते १४:४८
एन्फा महासचिव राई विरुद्ध पूर्वअध्यक्ष थापाले अदालतमा पनि दिए उजुरी

१८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध अदालतमा पनि मुद्दा दायर गरेका छन् ।

यसअघि साइबर ब्यूरोमा उजुरी दिएका थापाले मंगलबार काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा हालेका हुन् ।

अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै थापाले यसअघि नेपाल प्रहरीको साइबर ब्यूरोमा कानुनबमोजिम छानविन गरी कारवाहीका लागि उजुरी दिएका थिए ।

एक टेलिभिजन अन्तर्रवार्ताका क्रममा राईले आफूमाथि रकम हिनामिनाको आरोपसहित मानसिक सन्तुलन गुमाएको जस्तो गम्भीर आरोप पनि लगाएको बताउँदै थापाले त्यसलगत्तै सामाजिक आरोप प्रमाणित गरेर कानुनी कारबाही गर्न चुनौती दिएका थिए । तर राईबाट आत्मालोचना पनि नभएपछि कानुनी बाटो रोजेको उनले बताए ।

थापाले‌ मंगलबार विज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने उद्धेश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारवाही हुने विश्वास लिएको जनाएका छन् । उनले भविष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्र हत्या हुने यस्ता गतिविधि गर्न नसक्ने विश्वास लिएको जनाएका छन् ।

साथै थापाले आफु कानुनी राज्यको हिमायती भएको भन्दै आफुले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानविन गरि आफु दोषी भएमा कानुन वमोजिम कारवाही भोग्न तयार रहेको पनि यसअघि नै बताएका छन् ।

किरण राई गणेश थापा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय