२७ फागुन, काठमाडौं । भारतमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी ड्र सार्वजनिक गरिएको हो ।
ड्र अनुसार नेपाल समूह बी मा परेको छ । नेपालसँगै भारत र श्रीलंका पनि सोही समूहमा छन् ।
समूह ए मा माल्दिभ्स, बंगलादेश र भुटान छन् ।
दक्षिण एसियाका पाकिस्तान बाहेक बाँकी ६ टिमलाई ३ पटमा राखेर ड्र गरिएको थियो । सिनियर टिमको फिफा वरियताको आधारमा टिमलाई ३ पटमा विभाजन गरिएको थियो । साविक विजेता तथा भारत र माल्दिभ्स पट ए मा, नेपाल र भुटान पट बी तथा बंगलादेश र श्रीलंका पट सी मा राखिएको थियो ।
प्रतियोगिता आगामी मे ८ देखि १७ सम्म भारतको अरुणाञ्चल प्रदेशमा आयोजना तय छ । खेलहरु गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ ।
प्रतिक्रिया 4