
२५ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले युरोपेली देश पोर्चुगलको लिजवन सहरका लागि नेपालका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई जिम्मेवारीबाट हटाएको छ ।
सरकारी लेटरप्याड दुरुपयोग गरी पदीय जिम्मेवारी विपरीत कार्य गरेको भन्दै २४ घण्टे लिखित स्पष्टीकरण सोधेको र बास्तोलाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएपछि २६ फागुनको पर्यटनमन्त्री स्तरीय निर्णय अनुसार उनलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ को दफा ५ बमोजिम बास्तोलालाई २५ फागुनमा मन्त्रालयले २४ घण्टे लिखित स्पष्टीकरण सोधेको थियो ।
बास्तोलाले आफ्नो फेसबुक पेजमा २४ फागुनमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ विषयक पत्र सार्वजनिक गरी पदीय जिम्मेवारी विपरीत कार्य गर्नुका साथै सरकारी लोगो तथा लेटरप्याड समेत दुरुपयोग गरेपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया 4