
२७ फागुन, काठमाडौं । आगामी २ चैतदेखि ‘उपभोक्ता अदालत’ सञ्चालनमा आउने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्दै २ चैतदेखि अदालत सञ्चालनमा आउने जानकारी दिएका हुन् ।
उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार उपभोक्ता अदालत गठन भएको हो ।
गत माघ तेस्रो साता सरकारले काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्षेत्राधिकार रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गतका कसुरसँग सम्बन्धित कारबाही र किनारा गर्ने क्षेत्राधिकार उपभोक्ता अदालतले पाएको छ ।
प्रतिक्रिया 4