+
+
Shares

राजकिशोरको प्रश्न : ज्ञानेन्द्र एयरपोर्टबाट घर जाँदा किन तर्सिएको ?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै यादवले राजावादीहरू सल्बलाउनुमा ठूला दलका नेताहरूको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १९:३८

२७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलबाट घर जाँदा किन आत्तिएको भन्दै सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेतामाथि प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै यादवले राजावादीहरू सल्बलाउनुमा ठूला दलका नेताहरूको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए ।

उनले सत्ता र प्रतिपक्षी दलका नेताहरूले संसद्मा बोल्दा एकअर्काप्रति आरोप/प्रत्यारोप र रोइलो गरेको टिप्पणी गरे ।

‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो । सत्तापक्षका होनाहार नेताहरूका कुरा पनि सुनियो । यो सदनको बहस सुन्दा यो बहस नभएर, जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलोजस्तो । मलाई लाग्छ, त्यो एक प्रकारको आफैंप्रतिको अविश्वासको प्रतिकात्मक अभिव्यक्ति थियो,’ यादवले भने, ‘कुराका लागि कुरा मात्र गर्ने हो भने एकजना एयरपोर्टबाट आफ्नो घर जाँदा राज्य सत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पूरै सदनको समय खर्चिनुपर्ने अवस्था आयो ।’

यादवले यो स्थिति आउनुमा आफूहरूका व्यवहार जिम्मेवार रहेकामा समीक्षा गर्न उनले प्रमुख दलका नेताहरूलाई आग्रह गरे । ‘एकपटक आफूले रजगज गरेका दिन सम्झौं, अरुतिर औंला उठाउनुअघि हामी सबैले आत्मसीमक्षा गर्नुपर्ने भएको छ,’ उनले भने ।

सत्ताधारी दलहरूले राज्यका अंगहरू कब्जा गरेर आफूलाई लिडरका रूपमा नभई ‘डिलर’का रूपमा विकास गरेको आरोप उनले लगाए । दलका नेताहरूले दलपतिका रूपमा शासन चलाउन खोजेकाले असन्तुष्ट जनता राजावादीको प्रदर्शनमा सहभागी भएको उनको टिप्पणी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?