+

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा

२०८१ फागुन  २८ गते ७:५१ २०८१ फागुन २८ गते ७:५१
बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा

२८ फागुन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा बेनफिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जितसहित बार्सिलोना अगाडि बढेको हो ।

बार्सिलोनाको‌ जितमा राफिन्हाले २ गोल गर्दा लामियन यमालले १ गोल गरे । बेनफिकाका लागि निकोलस ओटामेन्डीले १ गोल गरे । सबै गोल पहिलो हाफमै भएका थिए ।

खेलको ११औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा ओटामेन्डीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।

२७औं मिनेटमा यमालले गोल गरे भने ४२औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमै ३-१ ले अगाडि राखे ।

दोस्रो हाफमा थप गोल भएनन् । बार्सिलोना समग्रमा ४-१ सहित अगाडि बढेको हो । पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो ।

बार्सिलोना युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय