+
+
Shares

कांग्रेस नेताले चिहानको जग्गा कब्जा गरेको आरोप

शून्य समयमा बोल्दै सांसद खनालले काठमाडौंको तारकेश्वरमा नेपाली कांग्रेसका नेताले जग्गा कब्जामा लिएको भनेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १२:४५

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वरमा चिहानको जग्गा नेताको कब्जामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

शून्य समयमा बोल्दै सांसद खनालले काठमाडौंको तारकेश्वरमा नेपाली कांग्रेसका नेताले जग्गा कब्जामा लिएको भनेका हुन् ।

खनालले भनेका छन्, ‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा रहेको जग्गा, नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६२ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयहरूको गुनासो र उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ’ खनालले भने ।

तारकेश्वरमा अन्यत्र पनि सरकारी जग्गा कब्जामा परेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।

तर, खनालको अभिव्यक्तिमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाए । सभामुख घिमिरेले ध्यानाकर्षण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?