२८ फागुन, काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा जेभियरले सिसिआरसीलाई ५६–७४ को स्कोरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
जेभियरलाई उपाधि दिलाउन लक्की महर्जनले सर्वाधिक २३ अंक स्कोर गरे ।
त्यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा जेभियरले ग्रिनफिल्ड इन्टरनेसनल कलेजलाई ७२–५३ को स्कोरमा तथा सिसिआरसीले दोस्रो सेमिफाइनलमा गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ६०–४५ को स्कोरमा हराएर फाइनल भेट पक्का गरेका थिए ।
उपाधिसँगै जेभियरले नगद २५ हजार तथा उपविजेता सिसिआरसीले १३ हजार रुपैयाँमा प्राप्त गर्यो ।
फाइनलमा सर्वाधिक २३ अंक जोडेका जेभियरका लक्की महर्जन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा कलेजहरूको सहभागिता थियो ।
फाइनल खेल हेर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए ।
विजेता टिम तथा खेलाडीहरुलाई हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, हिसान केन्द्रीय कमिटी सह–कोषाध्यक्ष तथा आयोजक कमिटीका संयोजक नरेन्द्रबहादुर अधिकारीलगायत अतिथिले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया 4