२८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षणबाट समिर तामाङसहित ५ खेलाडी बाहिरिएका छन् । नेपाली टोली हाल सिंगापुरविरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि तयारी गरिरहेको छ ।
नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । त्यसबाट ५ खेलाडी बाहिरिएका छन् भने उनले ३ नयाँ खेलाडी स्ट्यान्डबाई थपेका छन् ।
प्रारम्भिक चरणमा प्रशिक्षणमा बोलाइएका फरवार्ड समिरसहित गोलकिपर अभिषेक बराल, तथा डिफेण्डरहरु छिरिङ लामा, आशिष गुरुङ, आशिष राई र अशोक खवास बाहिरिएका छन् ।
प्रशिक्षक रोसले सुरुमा घाइते आशिष राईको नाम पनि ३० जनाको सूचीमा समावेश गरेका थिए । तर उनी १ वर्ष मैदान बाहिर रहने भएपछि प्रशिक्षणमै छैनन् ।
रोसले डिफेण्डर सुमन श्रेष्ठ तथा फरवार्डद्वय रेजिन सुब्बा र सृजन राज गौतमलाई स्ट्यानबाई प्लेअरको रुपमा थपेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
दोस्रो चरणको प्रशिक्षणमा बाँकी खेलाडी
गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अन्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु
मिडफिल्डरः लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छिन्जु
फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन विष्ट, दिनेश हेन्जन, सुवास ठकुरी बम, निराजन धामी
बाहिरिएका खेलाडी: छिरिङ लामा, अभिषेक बराल, आशिष गुरुङ, अशोक खवास, समिर तामाङ
थपिएका ३ खेलाडी: सुमन श्रेष्ठ, रेजिन सुब्बा, सृजन राज गौतम
प्रतिक्रिया 4