+

विश्व पारा एथ्लेटिक्स लङजम्पमा नेपालकी प्रभालाई रजत पदक

२०८१ फागुन  २९ गते ११:५१ २०८१ फागुन २९ गते ११:५१
विश्व पारा एथ्लेटिक्स लङजम्पमा नेपालकी प्रभालाई रजत पदक

२९ फागुन, काठमाडौं । भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा नेपालकी प्रभा आङ्देम्बेले रजत पदक जितेकी छन् । बिहीबार भएको खेलमा उनले रजत जितेकी हुन् ।

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ खेलाडीहरू सहभागी छन् । प्रभा आङदेम्बेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् ।

पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् ।

एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोस्रोपटक हो । नेपाल गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबइमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो ।

 

पारा एथलेटिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय