२९ फागुन, काठमाडौं । मिसन २०२६ को प्रशिक्षणमा रहेका नेपाली खेलाडी तथा प्रशिक्षकहरुले होली मनाएका छन् । राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा होलीको अवसरमा मिसन २०२६ होली कार्यक्रम मनाइएको हो ।
विशेष प्रशिक्षणमा रहेका एथ्लेटिक्स, भलिबल, बक्सिङ, कराते, कबड्डी, तेक्वान्दो, कराते, जुडो, उसु, कुस्तीका खेलाडीहरू कार्यक्रममा उपस्थित थिए । राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले मिसन २०२६ मा रहेका खेलाडीहरुलाई रिफ्रेसमेन्ट गराउन र होली पर्व पनि मनाउन यस्तो कार्यक्रम गरिएको बताए ।
यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीहरू प्रशिक्षणमा रहँदा मोनोटोनोस हुने भएकोले यस्ता खालको रिफ्रेसमेन्ट चाहिने बताए ।
नवौं एसियाड र एसियन कराते च्याम्पियनसिपकी ऐतिहासिक रजत पदक विजेता कराते स्टार एरिका गुरुङले यस्तो कार्यक्रम हुँदा एकदमै खुशी लागेको र यसले रिफ्रेसमेन्ट खोज्न बाहिर जानु नपर्ने बताइन् । एरिकाले अहिले राम्रो ट्रेनिङ भईरहेको र आगामी एसियन गेम्समा गोल्ड मेडलकै लक्ष्य भएको बताईन ।
राष्ट्रिय टिम तयारी टिमले २०२६ मा जापानको आईची नागोया एसियन गेम्समा स्वर्ढ पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यका साथ मिसन २०२६ सुरु गरेको हो ।
तस्वीरहरू : गोविन्दराज नेपाल
प्रतिक्रिया 4