+

अस्ट्रेलियाका पूर्व लेगस्पीनर कोकिन आपूर्ति मामिलामा दोषी ठहर

२०८१ फागुन  २९ गते १४:५८ २०८१ फागुन २९ गते १४:५८
अस्ट्रेलियाका पूर्व लेगस्पीनर कोकिन आपूर्ति मामिलामा दोषी ठहर

२९ फागुन, काठमाडौं । अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको आरोपमा दोषी ठहर गरिएको स्थानीय मिडियाले जनाएको छ ।

लेग स्पिनर म्याकगिलले सन् २०२१ मा आफ्नो व्यक्तिगत कोकिन डिलरलाई एक सहयोगीसँग परिचय गराएको प्रहरीले जनाएको छ । त्यसपछि ती दुई जनाले आपसमा दुई लाख अमेरिकी डलरको लागूपदार्थ सम्झौता गरेको प्रहरीले जनाएको छ ।

यद्यपि म्याकगिल त्यसपछिको कारोबारमा संलग्न नभए पनि जुरीले ५४ वर्षीय म्याकगिललाई जानीजानी प्रतिबन्धित लागूपदार्थको आपूर्तिमा सहभागी भएको दोषी ठहर गरेको राष्ट्रिय प्रसारक एबिसीले बताएको छ ।

जुरीले उनलाई व्यवसायिक स्तरको लागूपदार्थ आपूर्तिमा संलग्न हुने अझ गम्भीर आरोपमा भने निर्दोष ठहर गरेको छ । म्याकगिलले सन् १९९८ देखि सन् २००८ सम्म अस्ट्रेलियाका लागि ४४ टेस्ट खेलेका थिए ।

उनको करियर शेन वार्नको करियरसँग मेल खान्थ्यो । शेन वार्नलाई व्यापक रूपमा सर्वकालीन सर्वश्रेष्ठ स्पिन बलर मानिन्छ । एएफपी

स्टुअर्ट म्याकगिल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय