
काठमाडौँ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय रन्धिर श्रेष्ठले कथानक फिल्मको निर्देशनमा डेब्यु गर्ने भएका छन् ।
फागु पर्वको अवसरमा उनले आगामी फिचर ‘कुम्भ’को निर्देशन र लेखनको घोषणा गरे । फिल्मको टिजर पोस्टर सार्वजनिक गरिएको छ ।
एक्सन जनरामा बन्ने फिल्मको पोस्टरमा ४ शीर्ष पात्रलाई प्रस्तुत गरिएको छ । फिल्ममा सुनिल थापा, अशोक आर्यन, सुशील पोखरेल, अफ्सना थापा र रोहित रुम्बा अनुबन्धित भैसकेका छन् ।
शीर्ष अभिनेत्रीको कास्टिङ बाँकी रहेको जनाइएको छ । चैत दोस्रो सातादेखि छायांकन तयारी छ । निर्देशक श्रेष्ठकै छायांकन रहने फिल्ममा एक्सन कोरियोग्राफी सम्राट बस्नेतको हुनेछ ।
राजेश साह निर्माता रहने फिल्मको सहनिर्मातामा ध्रुवराज पराजुली छन् । इश्वरबल्लभ उप्रेती कार्यकारी निर्माता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4