+
+
Shares

लद्दाखको कारगिल क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते ९:५१
Photo Credit : Getty

१ चैत, काठमाडौं । लद्दाखको कारगिल क्षेत्रमा शुक्रबार बिहान भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महसुस भएको थियो ।

मानिसहरु मस्त सुतिरहेका बेला भूकम्पको झड्का महसुस भएको थियो । उनीहरु आत्तिँदै घर बाहिर निस्किएका थिए ।

भारतीय मिडियाहरुका अनुसार भूकम्पले मानवीय क्षति भएको छैन । तर केही कमजोर पर्खाल र घरहरु भत्किएका छन् ।

भारतका भूगर्भविदहरुले विगतका भूकम्प, भूकम्पीय गतिविधि र टेक्टोनिक संरचनाको आधारमा भूकम्प सम्भावित क्षेत्र पहिचान गरी भारतलाई चार क्षेत्रमा विभाजन गरेका छन् । बढी जोखिमदेखि कम जोखिमलाई जनाउने गरी क्रमशः पाँचौं, चौथो, तेस्रो र दोस्रो भागमा विभाजन गरिएको हो । यसरी पाँचौं जोनलाई सबैभन्दा बढी जोखिम र दोस्रो जोनलाई सबैभन्दा कम जोखिमयुक्त क्षेत्र भनेर बुझिन्छ । लद्दाख भूकम्पीय क्षेत्र चौथोमा पर्दछ ।

टेक्टोनिक रुपमा सक्रिय हिमालय क्षेत्रमा भएकाले लद्दाख क्षेत्रमा भूकम्प बेलाबेला आइरन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?