+

मञ्जुश्री ट्रेल रेस : अर्जुन, विशाल, रशिला, मनकुमार र प्रिया विजयी

२०८१ चैत  २ गते १९:१९ २०८१ चैत २ गते १९:१९
मञ्जुश्री ट्रेल रेस : अर्जुन, विशाल, रशिला, मनकुमार र प्रिया विजयी

२ चैत, काठमाडौं । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् ।

मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे । नेपालकै मिलन कुलुङ राईले २८ः१५ः२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८ः४७ः०६.२ सकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपियाँ पुरस्कार पाए ।

एक सय किमी दौडमा विशाल राई १३ः२९ः०४ सकेन्ड समय लगार च्याम्पियन बने । सो इभेन्टमा गोपाल तामाङले १३ः३९ः०७ सकेन्ड र निरोज भट्टले १४ः१२ः३५ सकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे ।

एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए । रसिलाले १७ः५८ः०५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८ः१५ः०५ सकेन्ड समय लगातार दोस्रो भइन् , फ्लेर मोउतज्वले २०:४३:०५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।

एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।

५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६ः४२ः२५ सकेन्ड) पहिलोे, लोकेन्द्र राई (०६ः४६ः३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६ः५९ः५९ सकेन्ड) तेस्रो भए ।

५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारीत दुरी ०७ः४६ः०५ सकेन्डमा पूरा गरिन् । यसैगरी कल्पनाले ०८ः१६ः०६ सकेन्ड र राज्यलक्ष्मीले ०८ः४०ः५२ सकेन्ड समय लगाए ।

यस स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

३० किमी दौडमा राजन मेयोङबा ३ः४३ः०३ सकेन्ड समय लगातार विजेता बने । युवक राज बुढा (४ः०३ः२२ सकेन्ड) दोस्रो र अक्कल बढवाल (४ः३७ः०१ सकेन्ड) तेस्रो भए ।

३० किमी महिलातर्फ अस्मी तामाङ ६ः३४ः०३ सकेम्ड समयमा दौड पुरा गरी च्याम्पियन बनिन् भने कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए । कथेरिनाले निर्धारीत दुरी ०८:२४:०६ सकेन्डमा पूरा गरिन् । यसैगरी रीन्छेले ०८ः५३:०० सकेन्ड समय लगाए । यस स्पर्धामा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार बने ।

१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारीत दुरी पुरा गरे यसैगरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्ड सहित तेस्रो भए ।

अमेरिकी लिमले १० किमी महिला इभेन्ट जित्न ५२ मिनेट ४० सकेन्डमा दौड पुरा गरिन् । सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे (१ घन्टा १६ मिनेट १ सकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (१ घन्टा १८ मिनेट ४० सकेन्ड) तेस्रो भए ।

मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१, १०० किमीमा ५२, ५० किमीमा १३१, ३० किमीमा ९८ र १० किमीमा १९१ धावकधाविकाले सहभागिता जनाएका थिए ।

मञ्जुश्री ट्रेल रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय