+
+
Shares

होली खेल्ने क्रममा छुरी प्रहारबाट युवकको मृत्यु

होली खेल्ने क्रममा शनिबार साँझ ५ बजेतिर विवाद हुँदा छुरा प्रहारबाट एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २ गते २०:१२

२ चैत, जनकपुरधाम । होली खेल्ने क्रममा विवाद हुँदा शनिबार जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा छुरी प्रहारबाट एक युवकको ज्यान गएको छ ।

मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको थियो । तर, जनकपुरधाममा भने शनिबार होली मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा पप्पु यादवका १९ वर्षीय छोरा आँशु छन् ।

प्रहरीले आँशुमाथि छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद भएपछि धर्मेन्द्रले आँशुमाथि छुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?