
३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।
कार्यवाहक प्रवक्ता झाका अनुसार बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेका छन् ।
यसका साथै पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4