+
+
Shares

स्ववियु निर्वाचन : पद्म कन्यामा नेविसंघका दुई उम्मेदवारको नाम दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १६:४६

३ चैत, काठमाडौं । पद्म कन्या क्याम्पसमा नेपाल विद्यार्थी संघको बागी उम्मेदवारी परेको छ । स्ववियु निर्वाचनका लागि नेविसंघको आधिकारिक उम्मेदवारमा पूर्णिमाया परियारले उम्मेदवार दर्ता गरेकी छन् ।

त्यस्तै स्वतन्त्र समूह बनाएर नेविसंघ समर्थित भुपी ऐरले अध्यक्षमा नाम दर्ता गरेकी छन् ।

परियारलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षको समर्थन छ भने स्वतन्त्र उम्मेदवारी दिएकी ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।

नेविसंघको आधिकारिक र स्वतन्त्र गरी दुई प्यानल बनेको अध्यक्षकी उम्मेदवार परियारले जानकारी गराइन् । दुई पक्ष मिल्ने सम्भावना नरहेको उनले सुनाइन् ।

महामन्त्री थापा पक्षधर ऐरले आफ्नो उम्मेदवारी फिर्ता नहुने दाबी गरिन् । उनले भनिन्, ‘कुनै हालतमा मेरो उम्मेदवारी फिर्ता हुँदैन । आधिकारिक म हुँ । उहाँहरूले कसरी पत्र ल्याउनुभयो । थाहा भएन ।’

पूर्णिमाया पक्षधरले तालाबन्दी गरेकाले आज मात्रै उम्मेदवारी दर्ता भएको छ ।

आठ विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् । तालाबन्दीका कारणले पद्म कन्यामा स्ववियु निर्वाचन दुईदिन पछि (७ चैत)का लागि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?