+
+
Shares

पुल्चोक र भैंसेपाटीस्थित मन्त्रीनिवास आसपासका क्षेत्रमा निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १८:०१
भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्र (फाइल तस्वीर)

३ चैत, काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य-मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेधाज्ञा जारी गरेको हो ।

भोलि (चैत ४) बाट लागू हुने निषेधाज्ञा दुई महिनासम्मका लागि लगाइएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी गराएका छन् ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।

पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको ललितपुर प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?