+
+
Shares

शिक्षा मन्त्रालयको निर्देशन- स्ववियु निर्वाचनमा तोडफोड र धम्की दिनेलाई कारबाही गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १८:१९

३ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु चुनावमा क्याम्पसमा तोडफोड गर्ने र निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ ।

‘निर्वाचन आचारसंहिता विपरितका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारवाही गर्न गराउन मन्त्रालय प्रतिवद्ध रहेको छ,’ मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘साथै त्यस्ता आचारसंहिता विपरित हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरूलाई अनुरोध गरिन्छ ।’

तोकिएको मितिमा निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण तवरबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न गर्न गराउन र निर्धारित निर्वाचन आचारसंहिताको पालना गर्न सबैलाई मन्त्रालयले भनेको छ ।

‘विश्वविद्यालय तथा क्याम्पसहरुका सार्वजनिक संरचना तोडफोड भएको र निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहृलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचार प्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

चुनाव ५ चैतमा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?