+
+
Shares

प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता रिहा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते २०:०२

३ चैत, हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।

उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो ।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी सीडीओ स्किम श्रेष्ठले आज ४ बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राप्रपा र नेकपा माओवादी केन्द्रलाई राखेर समन्वयात्मक बैठक राखेकी थिइन् ।

बमको रिहाइका लागि राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापा र नेकपा माओवादी केन्द्रका मकवानपुर संयोजक भीम पाख्रिन तथा नेता प्रेमबहादुर पुलामीबीच सहमति भएको राप्रपा सहकोषाध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ ।

पक्राउ परेका कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्वीर जलाएका थिए ।

उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?