३ चैत, काठमाडौं । मिकेल मेरिनोको एकमात्र गोलमा इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको आर्सनलले चेल्सीमाथि जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा २०औं मिनेटमा मेरिनोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि थप गोल भएनन् ।
जितपछि दोस्रो स्थानको आर्सनलको २९ खेलमा ५८ अंक भएको छ । चेल्सी ४९अंकसहित चौथोमा छ ।
त्यस्तै अर्को खेलमा टोटनहामलाई फुलहामले २-० ले पराजित गर्यो । फुलहामको जितमा रोड्रिगो मुनिज र रायन सेसेनगनले १-१ गोल गरे ।
७८औं मिनेटमा मुनिजको गोलमा अग्रता लिएको फुलहामका लागि ८८औं मिनेटमा सेसनगनले गोल थप्दै २-० को जित पक्का गरे ।
जितपछि फुलहाम २९ खेलमा ४५ अंकसहित आठौं स्थानमा उक्लिएको छ । पराजित टोटनहाम ३४ अंकसहित १३औं स्थानमा छ ।
प्रतिक्रिया 4