४ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एटलेटिको मड्रिडलाई ४-२ गोलअन्तरले हराएको हो ।
एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा ७० मिनेटसम्म २-० ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले त्यसपछि चार गोल फर्काएको थियो जसमध्ये अन्तिम २ गोल इन्जुरी समयमा आएका थिए ।
बार्सिलोनाको जितमा फेरान टोरेसले २ गोल गरे भने रोबर्ट लेवान्डोस्की र लामियन यमालले एक-एक गोल गरे । एटलेटिकोका लागि जुलियन अल्भारेज र एलेक्जेन्डर सोर्लोथले एक-एक गोल गरेका थिए ।
खेलको पहिलो हाफको ४५औं मिनेटमा अल्भारेजको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । दोस्रो हाफको ७०औं मिनेटमा कोनर गालाघरको पासमा सोर्लोथले गोल गर्दै अग्रता दोब्बर पारे ।
७२औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले खेलमा फर्कने संकेत गरेको थियो । ७८औं मिनेटमा फेरानले गोल गरेपछि खेल बराबरीमा आयो ।
इन्जुरी समयको दोस्रो मिनेटमा यमालले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि ल्याए । इन्जुरी समयको आठौं मिनेटमा फेरानले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको शानदार जित पक्का भयो ।
यस जितपछि बार्सिलोना २७ खेलमा ६० अंकसहित शीर्षस्थानमा छ । २८ खेलबाट ६० अंक नै भएको रियल मड्रिड दोस्रो स्थानमा छ भने २८ खेलमा ५६ अंक भएको एट्लेटिको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4