+
+
Shares

एक महिनापछि संसद्को लेखा समितिको बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १४:११

४ चैत, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । एक महिनापछि लेखा समितिको बैठक आह्वान भएको हो ।

लेखा समितिले ‘बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा’ यही चैत ६ गते बिहान साढे १० बजेका लागि बैठक राखेको छ ।

यसअघि लेखा समितिको बैठक गत फागुन ६ गते बसेको थियो । संसद्को लेखा समितको बैठकको प्रभावकारिताका सम्बन्धमा सरोकारवालाहरूले प्रश्न उठाइरहेका बेला बैठक आह्वान भएको हो ।

यसअघि पनि लेखा समितिको बैठक वर्तमान सरकार बनेपछि सरदरमा एक महिनामा एक पटक बैठक बस्दै आएको छ ।

लेखा समितिको अभिलेख अनुसार पछिल्लो ९ महिनामा लेखा समिति बैठक ९ पटक बसेको छ । असारमा एउटा पनि बैठक बसेन । साउनमा चारवटा बैठक बस्यो ।

भदौ महिनामा एकपटक बैठक बस्यो । असोज, कात्तिक, मंसिर महिनामा लेखा समितिको बैठक एक पटक पनि बसेन ।

पुसमा एउटा बैठक र माघमा दुइटा बैठक बसेको छ । फागुनमा एउटा बैठक बसेको थियो । चैत ६ गतेका लागि अर्को बैठक राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?