
काठमाडौ । पपगायक ओमविक्रम विष्ट दमको समस्याले पीडित भएपछि अस्पताल भर्ना भएका छन् । केही दिनअघि उनलाई ललितपुर पुल्चोकस्थित आरुषी अस्पतालमा भर्ना गरिएको हो ।
गायक विष्टमा दमको समस्या देखिएको र हात सुन्निएको उनलाई भेट्न पुगेका अर्का गायक यम बरालले अनलाइनखबरलाई बताए । उनका अनुसार परिवारको सल्लाहमा विष्टलाई उपचारार्थ अमेरिका लैजाने तयारी छ ।
‘ओमविक्रम दाईको अवस्था अहिले ठीक छ । बाँकी उपचारको लागि अमेरिका लैजाने परिवारको सल्लाह रहेछ’ उनले भने । केही दिनअघि पोखरामा आयोजित कार्यक्रम सहभागी हुँदा विष्टलाई स्वास्थ्य समस्या भएको थियो ।
यसअघि विष्टको मिर्गौला प्रत्यारोपण भैसकेको छ । विष्टलाई भेट्न सोमबार गायक बरालसहित संगीतकार शम्भुजीत बासकोटा अस्पतालमा पुगेका थिए । गत महिनादेखि विष्ट उमेरले ७० वर्ष टेकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4