
४ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।
राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले भने, ‘यो बेमौसमी विषय हो ।’
अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।
‘यस्तो बेलामा पनि सरकारमा भागबण्डा खोज्नु भनेको गणतन्त्र जोगाउन खोजेको हो कि, यसलाई सत्तामा जाने भर्याङ बनाउन खोजेको हो, गम्भीर नैतिक प्रश्न उठेको छ,’ ज्ञवालीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4