+
+
Shares

नवराज सुवेदीको राजावादी मोर्चामा नसोधी राखिएको भन्दै लिङ्देन र थापाको प्रतिवाद

राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपाल अध्यक्ष थापा भन्छन्- ‘थाहै छैन, यस्तो समितिमा बस्ने कुरै आउँदैन’

सदस्य भनी नाम उल्लेख गरिएका राजावादी अभियन्ता केशरबहादुर विष्टसँगै लिङ्देन र थापाले आफूलाई यस समिति गठनबारे कुनै जानकारी नभएको भन्दै यस्तो समितिमा आफूहरू नबस्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १९:१२

४ चैत, काठमाडौं । पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति घोषणा गरिएको छ । यस समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, राजेन्द्र लिङ्देन, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत सदस्य छन् ।

सदस्य भनी नाम उल्लेख गरिएका राजावादी अभियन्ता केशरबहादुर विष्टसँगै लिङ्देन र थापाले आफूलाई यस समिति गठनबारे कुनै जानकारी नभएको भन्दै यस्तो समितिमा आफूहरू नबस्ने बताए ।

लिङ्देनले अनलाइनखबरसँग भने, ‘समिति निर्माण प्रक्रियाबारे मलाई कुनै जानकारी छैन । यस्तो एकलौटी पारामा गठन गरेपछि बस्ने कुरै आउँदैन । तर राजसंस्थाको पक्षमा हुने जुनसुकै अभियानमा राप्रपाको साथ सहयोग हुन्छ ।’

थापाले भने, ‘समिति बनेको छ भनेर मलाई थाहा थिएन । यसरी गठन भएको समितिमा बस्ने कुरै आउँदैन ।’

विष्टले कार्यक्रममा बोल्दै दलगत रुपमा आएका व्यक्तिहरूले चलाउने समितिमा आफू नबस्ने भनी नाम हटाउन माग गरे ।

यस्तै सल्लाहकार राजेश अहिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?