+
+
Shares

को हुन् केयूका नयाँ भीसी वाग्ले ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते २१:०६

४ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त भएका छन् । वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी ओलीले उपकुलपतिमा नियुक्त गरेका हुन् ।

वाग्लेले ललितपुर जिल्लाबाटै अंग्रेजी विषयमा उत्कष्ट शिक्षकको अवार्डसमेत पाएका थिए । ‘पढाउने मेरो प्यासन हो । बेस्ट शिक्षकको अवार्डसमेत पाएको छु,’ वाग्लेले नियुक्तिपछि अनलाइनखबरसँग भने ।

उपकुलपतिमा नियुक्त हुनुअघि प्रा.डा. वाग्ले काठमाडौं विश्वविद्यालयकै रजिष्ट्रारका रुपमा काम गरिरहेका थिए । गत ६ माघमा उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल सकिएपछि उनी कामु उपकुलपतिमा नियुक्त भएका थिए ।

अर्थशास्त्रका प्राध्यापक वाग्लेसँग केयूको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को एसोसियट डिन तथा व्यवस्थापन विज्ञान विभागको प्रमुखका रुपमा काम गरेको अनुभव छ ।

उनले भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुर (आईआईटी कानपुर) बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । बेलायतबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका वाग्लेसँग प्रधानमन्त्रीको सल्लाहकार तथा नेपाल राष्ट्र बैंकको गभर्नरको सल्लाहकारसमेत भएर काम गरेको अनुभव छ ।

उनले विश्वविद्यालयमा इकोनोमेट्रिक्स, व्यावसायिक वातावरण लगायतका विषय अध्यापन गराउने गरेका छन् ।

यसपटक केयूमा उपकुलपति नियुक्तिको विषय पेचिलो बनेको थियो ।

केयूकै पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्त्वमा समिति बनेको थियो । समिति सदस्यमा डा अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल सदस्य थिए ।

समितिले ३ फागुनमा अन्तर्वार्ताको प्रक्रिया सकेर पनि नाम सिफारिस गर्न ढिलाइ गरेको थियो ।

समितिका संयोजक शर्मा र सदस्यद्वय कार्की र नेपालले छुट्टाछुट्टै नाम सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?