
४ चैत, जनकपुरधाम। फर्जी परिचयपत्रको लफडाले स्ववियु चुनाव अन्योल भएपछि रामस्वरुप सामसागर बहुमुखी क्याम्पसले वार्ता समिति गठन गरेको छ ।
सोमबार क्याम्पसले विद्यार्थी संगठनहरूसँग वार्ता गर्न पाँच सदस्य वार्ता समिति गठन गरेको क्याम्पस प्रमुख प्रा.डा. वसन्त कुमार कर्णले बताए ।
उनका अनुसार वार्ता समितिको संयोजकमा प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिका सभापति मुक्तिनाथ साह, उपप्राध्यापक रेमन्त मोरबैता, उपप्राध्यापक रामसेवक ठाकुर, उपप्राध्यापक राजेश झा र उपाप्रध्यापक बिनिता ठाकुर रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा भोलि मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । तर जनकपुरको रामस्वरुप सामसागर बहुमुखी क्याम्पसमा भने फर्जी परिचयपत्रको लफडाले स्ववियु चुनाव अन्योलमा परेपछि वार्ता समिति गठन गरेको क्याम्पसले जनाएको छ ।
यसअघि क्याम्पसमा चुनावका लागि गत फागुन १३ गते उपप्राध्यापक धिरेन्द्रकुमार यादव निर्वाचन अधिकृत रहेको १३ सदस्य निर्वाचन समिति गठन भएको थियो । तर तोकिएको समयमा चनाव नहुने स्ववियु सभापति यादवले बताएका थिए।
हेर्नुहोस् क्याम्पसको विज्ञप्ति :
प्रतिक्रिया 4