+

ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा

२०८१ चैत  ४ गते २१:०८ २०८१ चैत ४ गते २१:०८
ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा

४ चैत, काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसँगै सेमिफाइनल प्रवेश गर्ने महिला तथा पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

पुरुषतर्फ समूह ‘ए’ बाट आर्मी समूह विजेता र एपीएफ उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन्। आर्मीले तीन खेलमा तीन जित हासिल गर्दा आर्मीसँग एपिएफ पराजित हुँदै उपविजेता बन्यो।

अर्को समूहबाट आयोजक एनएससिआइए समूह विजेता र बिआइए उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा आर्मीले बिआइए र एपिएफले एनएसिसआइएसँग खेल्नेछ।

महिलातर्फ समूह ‘ए’ बाट राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए सेमिफाइनलमा प्रवेश गरेका छन्। अर्को समूहबाट डब्ल्युएसए विजेता तथा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी) उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गरे।

प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार सेमिफाइनलमा अब डब्ल्युएसएले एनएससिआइए र निडवानले जिडब्युएससीसँग प्रतिस्पर्धा गर्नेछन्।

ह्विलचियर बास्केटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय