
५ चैत, काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्वका लागि मतदान जारी छ ।
निर्वाचन समितिका अनुसार बिहान ८ बजे देखि मतदान सुरु भएको हो । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान चलिरहेको निर्वाचन समितिका प्रवक्ता अजयकुमार खड्काले जानकारी दिए ।
यो क्याम्पसमा ६ हजार ६१७ जना मतदाता रहेका छन् । चुनावमा मुद्ययतः तीन वटा दल निकटका संगठन प्रतिस्पर्धामा रहेका छन् ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) रविन ओलीको नेतृत्वमा चुनाव लड्दैछ ।
नेकपा एमाले निकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विशाल रोकाहाको नेतृत्वमा चुनावी मैदानमा छ ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अन्य क्रान्तिकारी संगठनहरूसहितको गठबन्धनमा काशीराम जैसीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छ ।
जैसी नेतृत्वको प्यानललाई नेकपा एकीकृत समाजवाद निकट र धर्मेन्द्र बास्तोला निकट विद्यार्थी संगठनको समर्थन छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल समाजवादी पनि चुनावी मैदानमा छ । अखिल समाजवादी सलुन खड्का नेतृत्वमा चुनावी मैदानमा छ ।
प्रतिक्रिया 4