+
+
Shares

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते ९:२९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल फोटो

५ चैत, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ ।

समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । ‘राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिकाबारे छलफल हुने भनिएको छ,’ स्रोतले भन्यो ।

बैठकमा सरकारका कामकारबाहीका विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?